Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल जारी, संयन्त्रको बैठक स्थगित

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल जारी, संयन्त्रको बैठक स्थगित

  • बिहिवार, माघ २६ २०७९

  • 709
    SHARES

  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल जारी, संयन्त्रको बैठक स्थगित
    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ। 
     
    प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाका अनुसार अहिले दुई नेताबीच छलफल जारी रहेको छ। राजनीतिक संयन्त्रको बैठकअघि पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाउनुभएका ओली सचिवालय बैठकबाट प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि सिंहदरबार पुग्नुभएको हो ।
     
    तीन बजे बस्ने भनिएको संयन्त्रको बैठक पनि ढिलो हुने भएको छ। यसअघि ३ बजे संयन्त्रको बैठक बोलाइएको थियो। अब दुई नेताको छलफलपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ। 
     
    संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने बताइएको छ। यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको संकटका विषयमा पनि छलफल हुने बताइएको छ। 


    बिहिवार, माघ २६ २०७९०४:०८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij