Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बिहान बस्ने 

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बिहान बस्ने 

  • बिहिवार, माघ २६ २०७९

  • 584
    SHARES

  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बिहान बस्ने 
    काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार(भोलि) बिहान बस्ने भएको छ। आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तापछि भोलि बिहानसम्मलाई सरेको हो। 
     
    संयन्त्रको बैठक भोलि बिहान ९ बजे बस्ने जनाइएको छ। एमाले अध्यक्ष ओलीसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक भोलि बिहान ९ बजे बस्ने बताउनुभयो। 
     
    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिजो पनि छलफल भएको थियो। हिजोको छलफलपछि आज संयन्त्रको बैठक बस्ने भनिएको थियो। 


    बिहिवार, माघ २६ २०७९०५:२२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij