Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस्तो छ संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठ)

यस्तो छ संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठ)

  • शुक्रवार, माघ २७ २०७९

  • 650
    SHARES

  • यस्तो छ संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठ)
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा राष्ट्रपति भण्यडारीले संविधान र कानुनले प्रत्याभूत गरेका विषयहरू पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताउनुभएको छ । 
     
    राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो । उहाँले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य हुन नसक्नुको कारण खोजी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
     
    यस्तै उहाँले स्वास्थ्य क्षेत्रमा लगानी बढाए पनि अझै पनि सुत्केरी महिलाहरूको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै त्यसमा चिन्ता व्यक्त गर्नुभयो ।
     
    राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताउनुभएको थियो ।
     
    यस्तै, उहाँले किसानले मल नपाउने स्थितिको अन्त्य गर्न सरकारसमक्ष आग्रह गर्नुभएको थियो ।
     
    राष्ट्रपति भण्डारीले अर्थतन्त्रका सूचकमा केही सकारात्मक संकेत आए पनि खतरा नघटेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
     
    राष्ट्रपतिले निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने बताउनुभएको छ। राष्ट्रपतिले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिमै लगानी हुनुपर्ने बताउनुभएको हो ।

    यस्तो छ राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठः


    शुक्रवार, माघ २७ २०७९०४:४०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij