Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारको समिक्षा र आगामी कार्यदीशाबारे छलफल गर्दै जनमत

सरकारको समिक्षा र आगामी कार्यदीशाबारे छलफल गर्दै जनमत

  • आइतवार, माघ २९ २०७९

  • 435
    SHARES

  • सरकारको समिक्षा र आगामी कार्यदीशाबारे छलफल गर्दै जनमत

    काठमाडौं । जनमत पार्टीले सरकारको कामकाजको समीक्षा र अगामी कार्ययोजनाको विषयमा छलफल सुरु गरेको छ ।

    शनिवारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकमा यस विषयमा छलफल सुरु भएको हो ।

    जनमत पार्टी संघ तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशमा सहभागी भएको छ । केन्द्रीय सरकारमा पार्टी पुस ११ गते सहभागी भएको हो भने मधेस प्रदेशको सरकारमा जनमत पार्टी माघ १० गते सहभागी भएको थियो । पार्टीले केन्द्रमा खानेपानी मन्त्रालय सम्हालेको छ भने मधेस प्रदेशमा एक राज्यमन्त्रीसहित भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय गरी दुई वटा मन्त्रालय पाएको छ । लुम्बिनी प्रदेशमा पार्टीले सामाजिक विकास मन्त्रालय सम्हालिरहेको छ ।

    सरकारमा सहभागी भएपछि काम कारबाही र त्यसमा जनताको प्रतिक्रिया कस्तो रह्यो साथै, सरकारमा रहेर अगामी दिनमा कसरी काम गर्ने विषयमा पनि छलफल भइरहेको सो पार्टीमा सचिव एवं मधेस प्रदेशका भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले बताउनुभयो ।

     


    आइतवार, माघ २९ २०७९०१:४९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij