Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

  • आइतवार, माघ २९ २०७९

  • 857
    SHARES

  • भोलि देशभर सार्वजनिक बिदा
    काठमाडौं  । सरकारले जनयुद्ध दिवसका दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार(आज) बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
     
    वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि टुंगिएको थियो । माओवादीले जनयुद्धकै जगमा गणतन्त्र, संघीयता, समावेशिता लगायतका उपलब्धि सम्भव भएको दाबी गर्दै आएको छ ।
     
    यसअघि पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिएपछि पार्टी पंक्तिमा आलोचना भइरहेका बेला प्रचण्डलाई जनयुद्ध दिवसमा पनि बिदा दिन सहकर्मीहरूको दबाब थियो ।


    आइतवार, माघ २९ २०७९०५:२८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij