काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक फागुन ७ गते आइतबार बस्ने भएका बताइएको छ।
विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका एजेण्डाहरूमा बैठक केन्द्रित हुने छ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने जसपाले बताएको छ।