Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पुरानो गठबन्धन ब्युँतिन्छ, शीर्ष नेताहरू होसियारीका साथ लाग्नुभएको छ : मीन विश्वकर्मा

पुरानो गठबन्धन ब्युँतिन्छ, शीर्ष नेताहरू होसियारीका साथ लाग्नुभएको छ : मीन विश्वकर्मा

  • सोमवार, फाल्गुण ८ २०७९

  • 556
    SHARES

  • पुरानो गठबन्धन ब्युँतिन्छ, शीर्ष नेताहरू होसियारीका साथ लाग्नुभएको छ : मीन विश्वकर्मा
    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले राष्ट्रपति निर्वाचनका सन्दर्भमा पुरानो गठबन्धन ब्युँताउने कोसिस भइरहेको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता विश्वकर्माले असावधानीले टुटेको पुरानो गठबन्धनलाई फेरि कायम गर्न कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लागिरहेको बताउनुभयो ।
     
    हिजोदेखि कांग्रेस र माओवादीका शीर्ष नेताहरूबीच पनि छलफल सुरु भएको बताउँदै उहाँले भन्नुभयो, ‘हामी राजनीतिलाई परिणाममुखी बनाउनका निम्ति नयाँ समीकरणको नजिक पुगेका छौं,।’ 
     
    राष्ट्रपतिको निर्वाचनमा मात्र माओवादी र कांग्रेस मिलेर जाने हो वा सत्ता साझेदारी नै गर्ने हो भन्ने छलफल बाँकी भएको पनि उहाँले बताउनुभयो । विश्वकर्माले अगाडि भन्नुभयो, ‘को कति महिना, कति वर्ष प्रधानमन्त्री बन्ने वा ५ वर्ष प्रचण्डलाई प्रधानमन्त्री छोड्ने कि नछाड्ने भन्ने मुख्य कुरा होइन । हामीले चुनावमा जाँदा हाम्रो वृहत् राजनीतिक उद्देश्य छ, सानोतिनो कुरामा टुट्दैनौं भनेकै हौं । समयमै समझदारी बनाउन नसक्दा टुट्यो । त्यसैले पुरानो गठबन्धन ब्युँताउन होसियारीका साथ शीर्ष नेताहरू लागिरहनुभएको छ ।’
     
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवार प्रस्ताव गरे कांग्रेसले के गर्छ भन्ने पत्रकार धमलाको प्रश्नमा नेता विश्वकर्माले प्रचण्डले कांग्रेसलाई साथमा लिएर हिँड्ने ठोकुवा गर्नुभयो । 
     
    राष्ट्रपतिमा गैर राजनीतिक व्यक्ति उपयुक्त नहुने पनि उहाँले बताउनुभएको छ । विश्वकर्माले भन्नुभयो, ‘दलभित्रै होनहार व्यक्ति हुँदाहुँदै बाहिर किन खोज्ने ? दलीय व्यवस्थामा निर्दलीय राष्ट्रपति खोज्नु आवश्यक छैन । र, पार्टीका शीर्ष नेताहरू नै राष्ट्रपति बन्नुहुन्छ ।’ कांग्रेसले पदाधिकारी बैठक बसेर उम्मेदवार टुंग्याउने पनि उहाँले बताउनुभयो । 
     


    सोमवार, फाल्गुण ८ २०७९०८:२२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij