काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक बस्दै छ । राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे दिउँसो ३ बजे बालुवाटारमा तीन पार्टीको बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो ।
माओवादी र एकीकृत समाजवादीबीच बिहानको छलफलपछि तीन पार्टीबीच छलफल हुन लागेको हो । उहाँका अनुसार त्यसपछि साँझ ५ बजे कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपाबीच छलफल गर्ने तयारी छ ।