Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक सिरिज विजेता नेपाली खेलाडीलाई सरकारले जनही २ लाख दिने

त्रिकोणात्मक सिरिज विजेता नेपाली खेलाडीलाई सरकारले जनही २ लाख दिने

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 400
    SHARES

  • त्रिकोणात्मक सिरिज विजेता नेपाली खेलाडीलाई सरकारले जनही २ लाख दिने
    काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको घरेलु मैदानमा आयोजना भएको  त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली टोलीका खेलाडीले जनही २ लाख पुरस्कार पाउने भएका छन् ।
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार(आज) स्कटल्याण्ड र नामिबिया रहेको घरेलु सिरिज खेल्ने नेपाली खेलाडीलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको हो ।
     
    लिग टू च्याम्पियन बनिसकेको स्कटल्याण्ड र नामिबिया रहेको सिरिजमा नेपालले ४ खेलमा ४ वटै जितेर क्लिन स्विप गरेको थियो ।  
     
    प्रधानमन्त्रीले आज दिउँसो खेलाडीहरूलाई बालुवाटार बोलाएर बधाई दिनुका साथै पुरस्कार दिने घोषणा गर्नुभएको हो।


    बिहिवार, फाल्गुण ११ २०७९०४:२८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij