Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता,वरिष्ठ उपाध्यक्षमा पशुपति र महासचिवमा शिव हमाल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता,वरिष्ठ उपाध्यक्षमा पशुपति र महासचिवमा शिव हमाल

  • शनिवार, फाल्गुण १३ २०७९

  • 1.3K
    SHARES

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता,वरिष्ठ उपाध्यक्षमा पशुपति र महासचिवमा शिव हमाल

    काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नेतृत्वमा रिता थापा निर्वाचित हुनुभएको छ। धादिङमा जारी ८ औं केन्दिय महाधिवेशनबाट अध्यक्ष पदमा गायिका थापा निर्विरोध निर्वाचित हुनुभएको हो ।

    अब आगामी ३ वर्ष थापाले प्रतिष्ठानको नेतृत्व गर्नुहुनेछ । यस्तै बरिष्ठ उपाध्यक्षमा गाएक पशुपति शर्मा निर्वाचित हुनुभएको छ।यस्तै महाधिवेशनबाट महासचिवमा शिव हमाल निर्वाचित हुनुभएको छ । भने कोषाध्यक्ष पदमा अमृत अधिकारी निर्वाचित हुनुभएको छ ।

    महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव,कोषाध्यक्षसहित ३७ जना निर्विरोध निर्वाचित हुनुभएको छ। कुल ७५ सदस्यीय कार्यसमितिमा ३७ जना पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ। बाँकी ३८ जनाको लागी अबको केहिबेरमा मतदान सुरु हुने नवनिर्वाचित कोषाध्यक्ष अमृत अधिकारीले जानकारी दिनुभएको छ ।

     


    शनिवार, फाल्गुण १३ २०७९०६:५५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij