Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

  • सोमवार, फाल्गुण १५ २०७९

  • 606
    SHARES

  • एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
    काठमाडौं ।  नेकपा एमालेबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन्। सोमबार(आज) एमाले सचिवालय बैठकले सरकार छाड्नुका साथै समर्थन फिर्ता लिने निर्णय गरेपछि उनीहरूले राजीनामा बुझाएका हुन्। 
     
    उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेका सबै मन्त्रीले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन्।
     
    एमालेबाट मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी थिए।
     
    यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई रहेका थिए।

    राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको मा‌ओवादीले कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।

     


    सोमवार, फाल्गुण १५ २०७९०४:१६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij