Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

अख्तियारको प्रवक्तामा सहसचिव दाहाल

अख्तियारको प्रवक्तामा सहसचिव दाहाल

  • बुधवार, फाल्गुण १७ २०७९

  • 536
    SHARES

  • अख्तियारको प्रवक्तामा सहसचिव दाहाल
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिएको छ । फागुन १६ गतेदेखि लागु हुनेगरी दाहाललाई प्रवक्ताको जिम्मेवारी दिएको अख्तियारले जनाएको छ ।
     
    यसअघिका प्रवक्ता श्याम भण्डारीको सरुवा भएको थियो । फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश एकमा सरुवा गरेको थियो ।
     
    आयोगले सहायक प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी आयोगमा कार्यरत उपसचिव देवीप्रसाद थपलियालाई दिएको छ ।


    बुधवार, फाल्गुण १७ २०७९०३:५७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij