Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले नेपाली राजनीतिमा जालझेल गरे : पाण्डे

ओलीले नेपाली राजनीतिमा जालझेल गरे : पाण्डे

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 514
    SHARES

  • ओलीले नेपाली राजनीतिमा जालझेल गरे  : पाण्डे

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले केपी ओली नसुध्रिएको बताउनुभएको छ ।

    आठ दलीय गठबन्धनद्वारा आज आयोजित राष्ट्रपति निर्वाचनबारे बागमती प्रदेशका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

    पाण्डेले केपी ओलीले नेपाली राजनीतिमा जालझेल गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओली सुध्रिएका छैनन् । उनले पटकपटक आफ्नो गल्ती स्वीकार गरेका छैनन्। त्यसकारण उनीसँगै कुनै वार्ता हुँदैन।’

    पाण्डेले राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनु दुई दिन अगाडि माधवकुमार नेपाल ओलीले चार घण्टा छलफल गरेको दाबी गर्नुभयो ।

    सो भेटपछि ओलीले भ्रम सिर्जना गर्ने, माओवादी, कांग्रेस र एसको सहकार्य टुटाउने प्रयास गरेको, एकीकृत समाजवादी पार्टीलाई मिलौं भनेर मिल्न खोजेको आरोप उहाँले लगाउनुभयो ।


    शुक्रवार, फाल्गुण १९ २०७९०३:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij