Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले नेताहरुले डिल्लीबजार कारागार पुगेर रेशम चौधरीसँग मागे भोट

एमाले नेताहरुले डिल्लीबजार कारागार पुगेर रेशम चौधरीसँग मागे भोट

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 482
    SHARES

  • एमाले नेताहरुले डिल्लीबजार कारागार पुगेर रेशम चौधरीसँग मागे भोट

    काठमाडौं । नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् ।

    टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरु जानुभएको थियो ।

    भेटमा आफूहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले सचिव भट्टराईले जानकारी दिनुभयो। चौधरीले २४ गते बस्ने पार्टीको बैठकले यसबारे निणर्य लिने जानकारी गराएका छन् । यसअघि एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई भेटेका थिए ।


    शुक्रवार, फाल्गुण १९ २०७९०४:३४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij