काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अहिले साँझ पौने ८ बजेबाट युएईमा सुरु भएको छ । उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
चेन्नईले टस जितेर फिल्डिङ रोजेको छ । खेल अबुधाबीस्थित शेख जायद रंगशालामा भइरहेको छ ।
यस सिजनको आइपिएल कोरोना भाइरस महामारीका कारण मिति सर्दै गएर आजबाट युएईमा सुरु हुन लागेका हो ।