Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुस्ताङमा विश्वविद्यालय खोल्न लागेको दुष्प्रचार ओलीको पूर्वाग्रह र कुण्ठाको अभिव्यक्ति : प्रवक्ता शर्मा

मुस्ताङमा विश्वविद्यालय खोल्न लागेको दुष्प्रचार ओलीको पूर्वाग्रह र कुण्ठाको अभिव्यक्ति : प्रवक्ता शर्मा

  • सोमवार, फाल्गुण २२ २०७९

  • 654
    SHARES

  • मुस्ताङमा विश्वविद्यालय खोल्न लागेको दुष्प्रचार ओलीको पूर्वाग्रह र कुण्ठाको अभिव्यक्ति : प्रवक्ता शर्मा
    काठमाडौं । सरकारकी प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा बौद्ध विश्वविद्यालय खोल्ने कुनै तयारी नभएको स्पष्ट पार्नुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री शर्माले मुस्ताङमा विश्वविद्यालय खोल्न लागेको भनी विभिन्न भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । 
     
    यसबारे मन्त्रिपरिषद्मा कुनै छलफल नभएको भन्दै उहाँले यसलाई कपोलकल्पित ढंगले अगाडि बढाइएको बताउनुभएको छ । यो प्रधानमन्त्रीलाई लाञ्छित गर्ने दुष्प्रचार मात्र भएको उहाँको दाबी छ ।
     
    उहाँले कुनै गाउँपालिकाको अध्यक्षले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर कुनै देशको दूतावासमा पत्राचार गर्न नमिल्ने पनि औंल्याउनुभयो । शर्माले भन्नुभयो, ‘सरकारको स्वीकृति नलिईकन कुनै गाउँपालिका अध्यक्षले दूतावासमा पत्राचार गर्न मिल्दैन । त्यो उसको अधिकार क्षेत्रभन्दा बाहिर पर्छ । त्यसबारे हामी छानबिन गर्छौं । ती गाउँपालिका अध्यक्ष को थिए, कुन दलका थिए भन्ने पनि स्पष्ट भइसकेको छ ।’ कुनै गाउँपालिकाको अध्यक्षले पत्राचार गरेको कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लाञ्छित गर्न खोज्नु खेदजनक र भर्त्सनायोग्य भएको पनि उहाँले औंल्याउनुभयो ।
     
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त सरकारले नै खम्पा विद्रोह दोहोर्‍याउन खोज्यो, ‘विदेशीको खेलमैदान बनाउन खोज्यो भनिरहनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्न सरकारकी प्रवक्ता शर्माले भन्नुभयो, उहाँ यस्ता तथ्यहीन कुरा किन गरिरहनुभएको छ ? यो मलाई भन्दा पनि उहाँलाई नै सोध्नुपर्ने कुरा हो । आरोप लगाएर मात्र हुँदैन, पुष्टि पनि हुनुपर्छ । यो उहाँको राजनीतिक पूर्वाग्रह र कुण्ठाको अभिव्यक्ति हो । यो नेपाल सरकारलाई अनावश्यक लाञ्छना लगाउने र भ्रमपूर्ण प्रचार गरेर स्वार्थ सिद्धि गर्ने षडयन्त्र हो ।’
     
    नेपालको परराष्ट्रनीति पञ्चशील सिद्धान्त र असंलग्नताको मान्यताबाहिर जान नसक्ने पनि मन्त्री शर्माले स्पष्ट पार्नुभयो । उहाँले कुनै देशको पक्ष वा विपक्षमा आफूहरू नभएको दाबी गर्दै यसको पुष्टि हुने आधार पनि नभएको बताउनुभयो । जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्टाउने कोसिस भइरहेकाले यसको चाँडै पर्दाफास उहाँको भनाई छ ।
     
    शान्ति प्रक्रियाको महत्त्वपूर्ण विषय संक्रमणकालीन न्याय टुंग्याउन ढिलो भएको पनि सञ्चारमन्त्री शर्माले स्विकार्नुभयो । 
     


    सोमवार, फाल्गुण २२ २०७९०८:०८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij