Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपतिमा प्रमीला यादवको उम्मेदवारीबारे निर्णयका लागि जसपा आन्तरिक छलफलमा

उपराष्ट्रपतिमा प्रमीला यादवको उम्मेदवारीबारे निर्णयका लागि जसपा आन्तरिक छलफलमा

  • आइतवार, फाल्गुण २८ २०७९

  • 386
    SHARES

  • उपराष्ट्रपतिमा प्रमीला यादवको उम्मेदवारीबारे निर्णयका लागि जसपा आन्तरिक छलफलमा
    काठमाडौं । उपराष्ट्रपतिका लागि दुई जनाको उम्मेदवारी दर्ता गराएको जसपाले एक जनाको नाम फिर्ता लिने वा कि नलिने भन्नेबारेमा आन्तरिक छलफल सुरु गरेको छ। 
     
    निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति पदका लागि दर्ता भएका चार जनाको उम्मेदवारी कायम रहने निर्णय गरेपछि जसपाले आफ्ना दुई वटै उम्मेदवार कायमै राख्ने वा एक जनाको फिर्ता लिने भन्ने निर्णय लिनेछ।
     
    जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप यादवले आफू आन्तरिक छलफलका लागि पार्टी कार्यालय जान लागेको बताउनुभयो। यादवले पार्टीले छलफल गरेर एक डेढ  घण्टा भित्रै निर्णय लिने बताउनुभयो।
     
    निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी रद्द गर्न सक्ने सम्भावनालाई मध्यनजर गरेर जसपाले रामसहाय यादवसँगै प्रमीलाकुमारी यादवको समेत उम्मेदवारी दर्ता गराएको थियो।
     
    जसपा कार्यकारिणी समिति बैठकले उपराष्ट्रपतिमा यादवलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको थियो। त्यही भएर प्रमीलाकुमारी यादवको उम्मेदवारी जसपाले फिर्ता लिने सम्भावना रहेको जसपा स्रोतको दाबी छ।


    आइतवार, फाल्गुण २८ २०७९०२:२४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij