Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तीन महिनामा दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री  प्रचण्ड

तीन महिनामा दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री  प्रचण्ड

  • सोमवार, चैत्र ६ २०७९

  • 525
    SHARES

  • तीन महिनामा दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री  प्रचण्ड
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार(आज)  प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै हुनुहुन्छ। पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले प्रतिनिधि सभाबाट दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । 
     
    प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको थियो। त्यतिबेला उहाँलाई संसद्‌का २ साना दल नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा बाहेक सबै दलको समर्थन प्राप्त भएको थियो। 
     
    राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री आफैंले सत्ता समीकरण फेर्नुभएको छ। उहाँले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए। 
     
    तत्कालीन प्रमुख सत्ता साझेदार दल एमाले र अर्को साझेदार राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो। 
     
    राष्ट्रपतिको निर्वाचनपछि फेरिएको समीकरणअनुसार बनेको सत्ता गठबन्धनका अधिकांश दलहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन्। 
     
    प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त हुने देखिएको छ। स्वतन्त्र सांसदमध्ये अधिकांश सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन्। 
     
    नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन्। राष्ट्रिय जनमोर्चाले भने निर्णय लिन सकेको छैन। 
     
    प्रधानमन्त्रीको पक्षमा कांग्रेस ८७ (राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि रिक्त र टेकबहादुर गुरुङ निलम्बित), माओवादी ३२, रास्वपा १९, जसपा १० (सांसद शहनाज रहमानको निधन भई रिक्त पदमा सिफारिस मञ्जु अन्सारीको शपथ बाँकी र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव नियुक्त भई सांसद पद रिक्त), एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति ४, स्वतन्त्र २ (प्रभु साह र अमरेशकुमार सिंह) गरी १७० सांसदले विश्वासको मत दिने सम्भावना छ । प्रतिपक्षमा एमाले ७९, राप्रपा १४ र नेमकिपाका १ सांसद गरी ९४ सांसद हुने सम्भावना रहेको छ ।
     


    सोमवार, चैत्र ६ २०७९०६:४२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij