Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले संसदीय दलको बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने

एमाले संसदीय दलको बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने

  • सोमवार, चैत्र ६ २०७९

  • 686
    SHARES

  • एमाले संसदीय दलको बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने
    काठमाडौं । प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे बैठकले निर्णय गर्नेछ । 
     
    आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले  विश्वासको मत लिने कार्यसूची छ । एमालेले विश्वासको मत नदिए पनि प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने जनाइसकेकाले बहुमत सिद्ध गर्न कुनै समस्या छैन । 
     
    गत पुस १० गते एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारबाट एमाले र राप्रपा बाहिरिएसँगै संसद्‍बाट विश्वासको मत लिन लाग्नुभएको हो। 


    सोमवार, चैत्र ६ २०७९१०:४६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij