Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल चलान भएका ३ जना धरौटी बुझाएर छुटे

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल चलान भएका ३ जना धरौटी बुझाएर छुटे

  • मंगलवार, चैत्र १४ २०७९

  • 576
    SHARES

  • प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल चलान भएका ३ जना धरौटी बुझाएर छुटे
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना मंगलबार(आज) रिहा भएका छन् ।
     
    काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरूलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोक्नुभएको थियो ।
     
    धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का आज धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।
     
    ७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
     
    त्यस क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरूको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।
     
    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दैमा जेल हालेको भन्दै सरकारको आलोचना भइरहेको छ ।


    मंगलवार, चैत्र १४ २०७९०२:२४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij