Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या एक सय नाघ्यो

थप ३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या एक सय नाघ्यो

  • बुधवार, चैत्र १५ २०७९

  • 682
    SHARES

  • थप ३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या एक सय नाघ्यो
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३० वटा नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या शून्य छ ।
     
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ।  पछिल्लो समय शून्यमा झरेको कोरोना संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या बढेर १०३ पुगेको हो।  
     
    मन्त्रालयले कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ।  ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुने घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने जस्ता मिल्दा जुल्दा लक्षण देखिने छन्। 
     
    कुनै लक्षण देखिएमा बेवास्ता नगरी जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न मन्त्रालयको सुझाव छ।


    बुधवार, चैत्र १५ २०७९०४:५४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij