काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङ् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेट्न पुग्नुभएको छ। उनीहरूबीच बिहीबार(आज) भेटवार्ता भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
चिनियाँ राजदूत छनले भेटमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपको सञ्चालक समितिका अध्यक्ष ली होङलाई समेत लिएर जानुभएको थियो ।
उक्त अवसरमा काठमाडौंमा सार्वजनिक सुविधाहरूको स्तरोन्नति गर्न सम्भावित सहकार्यबारे छलफल भएको राजदूत छनले ट्विटरमा उल्लेख गर्नुभएको छ।