Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रविको उम्मेदवारीका विषयमा पुनः विवाद, संविधान भन्छ नागरिकता पुनः प्राप्तिको तीन महिना उम्मेदवार बन्न पाइँदैन (खास खबर)

रविको उम्मेदवारीका विषयमा पुनः विवाद, संविधान भन्छ नागरिकता पुनः प्राप्तिको तीन महिना उम्मेदवार बन्न पाइँदैन (खास खबर)

  • सोमवार, चैत्र २० २०७९

  • 747
    SHARES

  • रविको उम्मेदवारीका विषयमा पुनः विवाद, संविधान भन्छ नागरिकता पुनः प्राप्तिको तीन महिना उम्मेदवार बन्न पाइँदैन (खास खबर)
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीका विषयमा पुनः विवाद सुरु भएको छ । लामिछानेले नागरिकता  पुनः प्राप्ति गरेपनि संविधानले व्यवस्था गरे अनुसारको प्रक्रिया नपुगेको कानुनविद्हरूले बताएका छन् । लामिछानेले गएको माघ १५ गते आइतबार नेपाली नागरिकता पुनः प्राप्त गरेका थिए । संविधानको धारा २९१ मा पुनः नागरिकता लिएको तीन महिनाभित्र कुनैपनि सार्वजनिक पदमा उम्मेदवारी दिन नपाइने व्यवस्था गरिएको छ । यसरी हेर्दा माघ १५ गतेदेखि ३ महिना पुग्न वैशाख १५ गतेसम्म कुर्नुपर्ने हुन्छ । यद्यपि लामिछानेले आज चितवन २ बाट उम्मेदवारी दिइसकेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार संविधानले परिकल्पना गरेको व्याख्याका आधारमा नागरिकता पुनः प्राप्तिको ३ महिनाभित्र कुनैपनि सार्वजनिक पद धारण गर्न नपाइने व्यवस्था गरेको छ । लामिछानेको हकमा यो विषयमाथि प्रश्न उठ्न सक्ने त्रिपाठीको भनाइ छ । 
     
    संविधानले परिकल्पना गरेको व्यवस्था अकाट्य रहेको त्रिपाठीको दाबी छ । यसमा उजुरी दर्ता भए छानबिनको ढोका खुला हुने उनको भनाइ छ । आज लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चितवन २ का लागि मनोनयन दर्ता गराएका छन् । यो बीचमा दाबी, विरोध र उजुरीको समय तोकिएको हुन्छ । यदि नागरिकता प्राप्तिको विषय र समयावधिबारे उजुरी परे मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय लिन सक्नेछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उजुरीका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जुनसुकै उम्मेदवारको हकमा छानबिन गरी निर्णय लिन सक्नेछ । निर्वाचन आयोगले सीधै हस्तक्षेप नगर्ने र जिल्लास्थित मुख्य निर्वाचन अधिकृतकै कार्यालयलाई जिम्मेवारी तोकिएको पौडेलको भनाइ छ । 
     
    संविधानले गरेको व्याख्या अनुसार लामिछानेलाई पुनः झस्काएको छ । आफू सुरक्षित रहेको चितवनमा निर्वाचनमा होमिएका लामिछानेमाथि अर्को बज्रपात पर्ने खतरा पनि उत्तिकै छ । कानुनको परिधिभित्र रहेर परामर्शका साथ अगाडि बढ्नु लामिछाने र उनको पार्टीका लागि हितकर रहनेछ । 
     


    सोमवार, चैत्र २० २०७९०८:२१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij