Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

  • मंगलवार, चैत्र २१ २०७९

  • 1.7K
    SHARES

  • रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नमिल्ने हुँदै स्थगित भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी रहेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो । लामिछानेको मुद्दा नौ नम्बरमा पेसी रहेको थियो ।
     
    लामिछानेविरुद्ध कूटनीतिक राहदानी दुरुपयोगको मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर माग गर्दै रिट दायर भएको थियो ।
     
    युवराज सफलले उनीमाथि किर्ते राहदानीमा मुद्दा चल्नुपर्ने दाबीसहित रिट दायर गरेका थिए। न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा बसेर लामिछानेको नागरिकता विवादमा फैसला सुनाएकाले हेर्न नमिल्ने भएको हो ।
     
    उनको विवादमा आफ्नो धारणा संवैधानिक इजलासबाट नै आएकाले मुद्दा नहेर्न भनेपछि मंगलबारको सुनुवाइ सरेको छ । अब अर्को पेसी तोकिने छ। वैशाख १० गते चितवनमा हुन लागेको उप–निर्वाचनलाई लक्षित गर्दै रिट सर्वोच्चमा दायर गरिएको थियो ।
     
    लामिछानेको मुद्दा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले माघ १३ गते फैसला सुनाएको थियो ।
     
    यो सँगै उहाँ सांसद पद र नागरिकता विहीन हुनुभएको थियो । सर्वोच्चको उक्त फैसलालगत्तै उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नागरिकता लिनुभएको थियो  ।


    मंगलवार, चैत्र २१ २०७९०३:१५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij