Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा

धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा

  • आइतवार, चैत्र २६ २०७९

  • 770
    SHARES

  • धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा

    काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यद्यपि, हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् ।

    इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले बताउनुभयो ।

    उहाँका अनुसार विमानमा पाइलट श्री अधिकारी मात्र रहेको र उनी जीवितै फेला परेका थिए ।


    आइतवार, चैत्र २६ २०७९०१:२५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij