Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने भन्छन्ः अरुले भ्रष्टाचारीलाई संरक्षण गरेका छन्, हामीले घण्टा गनेर कारवाही गरेर देखाइदियौं

रवि लामिछाने भन्छन्ः अरुले भ्रष्टाचारीलाई संरक्षण गरेका छन्, हामीले घण्टा गनेर कारवाही गरेर देखाइदियौं

  • बिहिवार, चैत्र ३० २०७९

  • 594
    SHARES

  • रवि लामिछाने भन्छन्ः अरुले भ्रष्टाचारीलाई संरक्षण गरेका छन्, हामीले घण्टा गनेर कारवाही गरेर देखाइदियौं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुस खाने मान्छे शानले हिँडेको देखेर आफूलाई लाज लाग्ने बताउनुभएको छ ।

    तनहुँ १ का रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘कुनै पनि मान्छेले घुस खायो भन्दा पनि त्यो सानले हिँड्न सकेको देखेर मलाई लाज लाग्छ । म आफ्नो सिर झुकाउँछु। घुस खायो रे तर, सानले अनुहार देखाएर नाक देखाएर हिँडेको छ। त्यो भन्दा लज्जाको बिषय के होला ?

    भ्रष्टाचारको विरोध गरेर राजनीतिलाई नयाँ ढंगले लान नसके दुर्भाग्य हुने लामिछानेले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक दलमा कस्ताकस्ता विवादहरु आए । अडिओ र भिडिओ रेकर्डहरु बाहिरिए । तर, दलहरुले ती नेताहरुलाई कारवाही गर्नुको साट्टो पुजा गरेर राखेका छन् । संरक्षण दिएर राखेका छन् । हामीले घण्टा गनेर ७२ घण्टाभित्र कारवाही गरेर देखाइदियौं । यो सबैलाई लागू हुन्छ ।’

    उहाँले आगामी निर्वाचनपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गर्नुभयो ।

    ‘हामीलाई यो निर्वाचन धेरै महत्वपूर्ण छ । यो निर्वाचनको परिणामले पाँच वर्षभित्र हामी आफैंले सरकार बनाउन सक्ने कुराको जनाउ घण्टी बजाउँछ । गत निर्वाचनमा चितवन २ ले दिएको सन्देशले २० घण्टीबहाकहरु संसदमा प्रवेश गरेका छन्’, उहाँको भनाइ छ ।


    बिहिवार, चैत्र ३० २०७९०४:३६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij