Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रविले लेखे भावुक स्ट्याटस

रविले लेखे भावुक स्ट्याटस

  • सोमवार, बैशाख ४ २०८०

  • 704
    SHARES

  • रविले लेखे भावुक स्ट्याटस

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना ड्राइभर तीन तलाबाट खसेर सख्त घाइते भएको घटनामा मानवीयता देखाउन आग्रह गर्नुभएको छ ।

    सोमबार अपरान्ह रविले लेखेको स्टाटसको अंश छ, ‘म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाई सहने शक्तिमात्रै दिनुहोला ।’

    रविले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको र घाइतेको अवस्था बिहानको भन्दा सुधारिएको भन्ने जानकारी पाएको उल्लेख गर्नुभएको छ ।

    सोमबार बिहान चितवनस्थित रविको घरमा सुतिरहेका उनका ड्राइभर सिन्धुपाल्चोकको बाह्रबिसेका शम्भु थापा अढाई तलाको घरको छतबाट भुइँमा खसेका थिए । दुर्घटना, आत्महत्या प्रयास वा हत्या प्रयास के हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    रवि उपनिर्वाचनको तयारीमा लागि चितवनमा छन् ।


    सोमवार, बैशाख ४ २०८००४:३७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij