Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

‘राजा मार्ने देश’ मन छुने गीत बजारमा, जताततै चर्चा (भिडियोसहित)

‘राजा मार्ने देश’ मन छुने गीत बजारमा, जताततै चर्चा (भिडियोसहित)

  • सोमवार, बैशाख ४ २०८०

  • 1.2K
    SHARES

  • ‘राजा मार्ने देश’ मन छुने गीत बजारमा, जताततै चर्चा (भिडियोसहित)

    काठमाडौं । चर्चित गायक एवं सर्जक जेबी ओलीको यथार्थपरक नयाँ गीत “राजा मार्ने देश” सार्वजनिक भएको छ । यस गीतमा जबी ओलीको शब्द, संगीत र स्वर रहेको छ ।

    गीतमा राज परिवारको हत्या भएको, मदन भण्डारी र जीवराज आश्रीतको हत्या भएको, माओवादीसँगको युद्धमा १७ हजार मारिएको, बाह्र भाईको देश, निर्मला पन्त र भागीरथी भट्टको हत्यारा पत्ता नलागेको, राम्रो मान्छेको प्रशंसा नभएर खुट्टा तान्ने प्रवृत्ति गरेको, केही गर्छु भन्नेलाई सिध्याउने गरेको कुराहरुलाई समावेश गरिएको छ ।

    गीतको भिडियोमा जेबी ओलीले नै निर्देशन गरेका छन् भने दुर्गा पौडेलको छायांकन र नविन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुरवीर पण्डित (दाह्री बा), रश्मी भट्ट, आयुशा गौतम, आशिका गौतम, आरुष भुसाल, भुवन खत्री, होम सिंह विश्वकर्माको अभिनय रहेको छ ।


    यस गीतलाई जेबी ओली कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

    https://youtu.be/qeLgNN7_9Eg


    सोमवार, बैशाख ४ २०८००६:५३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij