Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

खाद्य संस्थानले दसैँका लागि ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने

खाद्य संस्थानले दसैँका लागि ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने

  • मंगलवार, आश्विन ६ २०७७

  • 969
    SHARES

  • खाद्य संस्थानले दसैँका लागि ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने

    काठमाडौं ।  खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दसैँलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ।

    हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी/बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो।

    संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी/बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीले बताए। च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ ।

    यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

     


    मंगलवार, आश्विन ६ २०७७०३:०१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij