काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भटराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १० बैशाखमा हुने उपनिर्वाचनमा तनहुँ र चितवनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।
आज बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले तनहुँ र चितवनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो।
तर बारा–२ मा भने गडबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भने नसघाउने भएको छ। बैठकले उपनिर्वाचनमा यादवको पक्षमा समर्थन नगर्ने औपचारिक निर्णय गरेको हो।
केही दिनअघि पूर्वप्रधानमन्त्री भटराईले समाजिक सञ्चालमासमेत जसपा अध्यक्ष यादवप्रति कटाक्ष गर्दै उपनिर्वाचनलाई सत्तामा जाने भर्याङ नबनाउन आग्रह गर्नुभएको थियो ।