Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्ध पुनः उजुरी

रवि लामिछानेविरुद्ध पुनः उजुरी

  • आइतवार, बैशाख १० २०८०

  • 1.7K
    SHARES

  • रवि लामिछानेविरुद्ध पुनः उजुरी

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

    नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नम्बर २ मा उजुरी दिनुभएको हो ।

    मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ ।

    किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ ।

    उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आादेशमा एक पक्षीय रुपमा मतदाता र मतदान प्रतनिधिमाथि लाठी चार्ज गरेको र मतदातालाई भयभीत पारिएको भन्दै कारबाहीको माग गरिएको छ ।

     


    आइतवार, बैशाख १० २०८००४:४८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij