Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बारा र चितवनको मतगणना आजदेखि सुरु हुने

बारा र चितवनको मतगणना आजदेखि सुरु हुने

  • सोमवार, बैशाख ११ २०८०

  • 514
    SHARES

  • बारा र चितवनको मतगणना आजदेखि सुरु हुने
    काठमाडौं । उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये बारा— २ र चितवन— २ मा सोमबार(आज) मात्रै मतगणना सुरु हुने भएको छ।
     
    आज बिहान सर्वदलीय बैठक बसेपछि मात्रै ती दुई क्षेत्रमा मतगणना सुरु हुने भएको हो। बारा— २ मा बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ। चितवनमा पनि आजै सर्वदलीय बैठक बोलाइएको छ।
     
    ती दुवै क्षेत्रमा मतपेटिका भने आइतबार राति नै संकलन भइसकेको छ। आइतबार राति मतपेटिका संकलन हुन नसकेकाले मात्रै मतगणना कार्य सुरु नभएको हो।
     
    उपनिर्वाचन भएको अर्को क्षेत्र तनहुँमा भने मतगणना जारी छ। प्रारम्भिक मत परिणाम अनुसार त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिइरहनुभएको छ।
     
    पछिल्लो मतगणना अनुसार वाग्लेले ४३०३ मत पाउनुभएको छ। उहाँलाई पछ्याइरहेका कांग्रेसका गोविन्द भट्टराईले १९३३ मत मात्रै पाउनुभएको छ। एमालेका सर्वेन्द्र खनालले ११५८ मत पाउनुभएको छ।


    सोमवार, बैशाख ११ २०८००६:३५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij