Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा उपनिर्वाचन

बारा-२ मा १० बजेदेखि मतगणना हुने  

बारा-२ मा १० बजेदेखि मतगणना हुने  

  • सोमवार, बैशाख ११ २०८०

  • 748
    SHARES

  • बारा-२ मा १० बजेदेखि मतगणना हुने  
    काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना सोमबार(आज) बिहान १० बजेदेखि सुरु हुने भएको छ। 
     
    सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति जुटेको हो। अहिले मतगणनाको कार्यविधि बनाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 
     
    गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको थियो। यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। 
     
    बारा २ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल तथा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।


    सोमवार, बैशाख ११ २०८००७:४४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij