Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा उपनिर्वाचन

तनहुँ–१ मतगणना अपडेट : स्वर्णिमसँग अग्रता घटाउँदै कांग्रेसका गोविन्द

तनहुँ–१ मतगणना अपडेट : स्वर्णिमसँग अग्रता घटाउँदै कांग्रेसका गोविन्द

  • सोमवार, बैशाख ११ २०८०

  • 1.3K
    SHARES

  • तनहुँ–१ मतगणना अपडेट : स्वर्णिमसँग अग्रता घटाउँदै कांग्रेसका गोविन्द
    काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता कायमै राख्नुभएको छ । 
     
    गए राति ११ः४५ बजेदेखि सुरु भएको मतगणनामा आज बिहान १०ः१५ बजेसम्म १८ हजार ६६१ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले  १० हजार २५९ मत प्राप्त गर्नुभएको छ ।  नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । 
     
    तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।


    सोमवार, बैशाख ११ २०८०१०:२९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij