चितवन । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ । लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी हुनुभएको हो । उहाँ ५४ हजार १७६ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याउनु भएको छ । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याउनु भएको छ । त्यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।
गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी हुनुभएको थियो ।
अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढी आएको हो ।
पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाउनु भएको छ ।