Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पौडेलको प्रश्न, ‘सरकार जनताको कि पार्टीको ?’

पौडेलको प्रश्न, ‘सरकार जनताको कि पार्टीको ?’

  • बुधवार, आश्विन ७ २०७७

  • 1.1K
    SHARES

  • पौडेलको प्रश्न, ‘सरकार जनताको कि पार्टीको ?’

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुने पनि लोकतान्त्रिक व्यवस्थामा सरकार पार्टीको पेवा नहुने बरु जनताको हुने बताउनुभएको छ ।

    वर्तमान् कम्युनिस्ट सरकारले संबैधानिक परिषद्, न्याय परिषद् तथा अन्य स्वायत्त निकायमा पार्टीको निर्देशनमा नियुक्ति गरेकोप्रति आपत्ति जनाउँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    ‘सरकार जनताको कि पार्टीको ? लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुने पनि सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ’, उहाँले लेख्नुभएको छ, ‘अहिले नेपालको कम्युनिस्ट पार्टीको चालामाला हेर्दा सरकार, संबैधानिक परिषद् र न्याय परिषद् तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरुसमेत आफू अनुकुलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्नुपर्ने भन्ने कुरो आएको छ ।’

    पार्टीको निर्देशनबमोजिम नियुक्ति गरेर सरकारले संबैधानिक सर्बोच्चता खिल्ली उडाएर सर्वसत्ताबादतिरको तानावाना रचेको आरोप लगाउनुभएको छ ।

    ‘यो भनेको संबैधानिक सर्बोच्चता हैन, सर्वसत्ताबाद तिरको तानावाना हो’, उहाँले भन्नुभएको छ, ‘देश र जनताप्रति होइन नितान्त कम्युनिस्ट पार्टीप्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्र हुन्छ ।’

    Capture.PNG

     

     


    बुधवार, आश्विन ७ २०७७०१:५८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij