काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७५ वटा नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, आज ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २८३ पुगेको छ ।
आजसम्म ३२ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये ११ जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।