Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

टर्कीले युएनमा काश्मिरको मुद्दा उठायो, भारतको आयो यस्तो जवाफ

टर्कीले युएनमा काश्मिरको मुद्दा उठायो, भारतको आयो यस्तो जवाफ

  • बुधवार, आश्विन ७ २०७७

  • 1000
    SHARES

  • टर्कीले युएनमा काश्मिरको मुद्दा उठायो, भारतको आयो यस्तो जवाफ

    एजेन्सी । टर्कीले संयुक्त राष्ट्रसंघ (युएन)मा जम्मु–काश्मिरको मुद्दा उठाएको छ । तर, भारतले भने टर्कीले आन्तरिक मामिलामा दखल दिएको भन्दै आपत्ति जनाएको छ ।

    संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनुपर्ने बताए ।

    भारतले जम्मु–काश्मिरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति जटिल बनेको उनले बताएका छन् । अर्दोआनको यो टिप्पणीप्रति भारतले भने आपत्ति जनाएको छ ।

    संयुक्त राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले भने, ‘भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मिरप्रति हामीले राष्ट्रपति अर्दोआनको टिप्पणी देख्यौं । यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो ।’

    एक दिनअघि पनि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मिरको मुद्दा उठाएका थिए । भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मिरको विशेष राज्यको दर्जा खोसेको थियो र पूरै राज्यलाई दुई केन्द्रशासित प्रदेशमा विभाजन गरेको थियो ।

     


    बुधवार, आश्विन ७ २०७७०३:०२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij