Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति

टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति

  • बुधवार, बैशाख २० २०८०

  • 1.1K
    SHARES

  • टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीको एउटा कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका छन् ।

    उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका हुन् ।

    उनीसँगै यो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका छन् ।

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि टोपबहादुर र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले एक करोड रुपैयाँको चेक लिएको पाइएको स्रोतले जनाएको छ ।

    रायमाझी यो कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भइसकेको थियो । तर उनले कार्यक्रममा यसबारे कुनै प्रतिक्रिया दिएनन् ।


    बुधवार, बैशाख २० २०८००४:५७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij