Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं, अब के हुन्छ ?

टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं, अब के हुन्छ ?

  • बुधवार, बैशाख २० २०८०

  • 2.0K
    SHARES

  • टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं, अब के हुन्छ ?

    काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको आरोपमा प्रहरीले खोजी सुरु गरेका पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँचीबाट संघीय सांसद बनेका टोपबहादुर रायमाझी सभामुख देवराज घिमिरेसहित प्रहरी सुरक्षामा भाषण गरिरहेका थिए ।

    उनकै निर्वाचन क्षेत्र अर्घाखाँचीको बल्कोटस्थित महेन्द्र बिद्याबोध माभ्यमिक बिधालयको हिरक महोत्सव उद्घाटन समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित रायमाझी प्रहरी सुरक्षामै रहेका थिए ।

    प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको समाचार सार्वजनिक भएपनि जिल्ला प्रहरी कार्यालयले आफूहरुलाई कुनै आधिकारिक निर्देशन नआएकोले पक्राउ नगर्ने जनायो ।

    सो कार्यक्रममा प्रमुख अतिथि सभामुख देबराज घिमिरे र विशेष अतिथि टोपबहादुर रायमाझी तथा पूर्वउपसभामुख तथा रायमाझीसँगै प्रतिस्पर्धा गरेकी पुष्पा भुसाल मन्चमा रहेका थिए । प्रहरीको पक्राउ पूर्जी जारी भएको सूचना सञ्चारमाध्यमबाट थाहा पाएका रायमाझीले सधैजसो लामो मन्तव्य भने सभामा गरेनन् ।

    मनिल अनुहारमा रहेका उनले आफ्नो मन्तव्य टुंगाएका थिए । कार्यक्रम सकेर उनी आजै काठमाण्डौ लागेका छन् ।

     


    बुधवार, बैशाख २० २०८००६:१६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij