Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

  • बुधवार, बैशाख २० २०८०

  • 1.1K
    SHARES

  • टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

    काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । स्रोतका अनुसार आज साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई आज नै पक्राउ पुर्जी जारी भएको थियो ।

    प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ ।

    गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।


    बुधवार, बैशाख २० २०८००९:५०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij