Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

टोपबहादुर मेरो सम्पर्कमा छैनन् : ओली

टोपबहादुर मेरो सम्पर्कमा छैनन् : ओली

  • शनिवार, बैशाख २३ २०८०

  • 744
    SHARES

  • टोपबहादुर मेरो सम्पर्कमा छैनन् : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताउनुभएको छ ।

    शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न ओली सिंहदरबार पुग्नुभएको थियो ।

    भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताउनुभएको छ । अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिनुभयो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको यो दोस्रो भेट हो । गत बिहीबार पनि दुई नेताबीच यसै विषयमा छलफल भएको थियो । भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे नसहने चेतावनी दिएका थिए ।

    ४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले ‘एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्ने अवस्था आयो ?’ भन्दै प्रश्न समेत गर्नुभएको थियो। ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिनुभएको थियो ।


    शनिवार, बैशाख २३ २०८००२:३४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij