Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि आजै समापन गर्ने तयारी

एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि आजै समापन गर्ने तयारी

  • शनिवार, बैशाख ३० २०८०

  • 560
    SHARES

  • एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि आजै समापन गर्ने तयारी
    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार हिजो स्थगित भएको बैठक आज बिहान ८ बजे बस्ने भएको हो । 
     
    बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ । केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ । 
     
    एमालेले २०८० को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ । पार्टीको जारी केन्द्रीय कमिटी बैठक पनि आजै समापन गर्ने तयारी छ । 


    शनिवार, बैशाख ३० २०८००६:३९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij