Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति

  • मंगलवार, जेठ २ २०८०

  • 638
    SHARES

  • तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति

    काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको छ ।

    सरकारका प्रवक्ता रेखा शर्माले काठमाडौंको तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय स्थापना गर्नका लागि विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयलाई स्वीकृति प्रदान गरिएको पनि जानकारी दिनुभयो ।

    मन्त्रिपरिषद् बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिमा केही व्यक्तिहरूलाई नियुक्त गरेको पनि शर्माले बताउनुभयो ।

    मन्त्रिपरिषद् बैठकले जुम्ला विमानस्थलको धावनमार्ग र नयाँ टर्मिनल भवन निर्माणका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।


    मंगलवार, जेठ २ २०८००७:३२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij