काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ ।
आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ ।
यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टितेल बिक्री हुँदै आएको थियो ।