Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार गर्न कांग्रेस र कम्युनिष्टबीच प्रतिस्पर्धा भइरहेको छ : नेपाल

भ्रष्टाचार गर्न कांग्रेस र कम्युनिष्टबीच प्रतिस्पर्धा भइरहेको छ : नेपाल

  • बुधवार, जेठ ३ २०८०

  • 541
    SHARES

  • भ्रष्टाचार गर्न कांग्रेस र कम्युनिष्टबीच प्रतिस्पर्धा भइरहेको छ : नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताउनु भएको छ।

    काठमाडौंमा आज मदन-आश्रित स्मृति दिवसमा उहाँले अहिले नेपाल भ्रष्टाचारमा डुबेको बताउँदै यसमा कुनै विचार र सिद्धान्तले काम नगरेको बताउनु भएको हो ।

    ‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ,’ अध्यक्ष नेपालको भनाई छ ।
    उहाँले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको भन्दै नेपाली राजनीतिलाई जोगाउन चुनौती भएको बताउनुभयो ।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ ।  २०५० साल जेठ ३ गते मुग्लिन-चितवन सडकखण्डको दासढुंगामा भएको जीप दूर्घटनामा मदन-आश्रितको निधन भएको थियो ।


    बुधवार, जेठ ३ २०८०१२:५१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij