Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘नेपाललाई माया गर्ने पर्यटक बुकिङ क्यान्सिल नगरी पर्खिबसेका छन्’

‘नेपाललाई माया गर्ने पर्यटक बुकिङ क्यान्सिल नगरी पर्खिबसेका छन्’

  • बिहिवार, आश्विन ८ २०७७

  • 901
    SHARES

  • ‘नेपाललाई माया गर्ने पर्यटक बुकिङ क्यान्सिल नगरी पर्खिबसेका छन्’

    काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिड–१९ कै महामारीका बीच पर्यटनलाई चलायमान बनाइ पर्यटक भित्र्याउन तयारी अवस्थामा रहनुपर्ने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टिपी भुसालसँग कुरा गर्दै उहाँले अन्तर्राष्ट्रिय उडान केही खुकुलो भइसकेको र आन्तरिक उडान सुरु भइसकेको अहिलेको अवस्थामा स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै पर्यटकीय गतिविधि र आर्थिक कृयाकलाप चलायमान बनाउनु पर्नेमा जोड दिनुभयो ।

    अहिले पनि विदेशी पर्यटकहरुले नेपाल आउन चाहेको र कतिपय बुकिङ अझै क्यान्सिल नभएको बताउँदै उहाँले नेपाल आउन चाहने पर्यटकका लागि नेपाल खुला छ भन्ने गरी क्याम्पियन गर्नुपर्ने बताउनुभयो ।

    ‘अहिले सामान्य अवस्थामा जस्तो पर्यटक आउन सक्ने अवस्था छैन । तर, पनि जो नेपाललाई माया गर्ने र नेपाललाई राम्रोसँग बुझेका ‘नेपालप्रेमी’ पर्यटकहरु अहिले पनि आफ्नो पुरानो बुकिङ रद्ध नगरी पर्खेर बसेका छन्’, उहाँले भन्नुभयो, ‘यो नेपालका लागि सुखद पक्ष हो ।’

    पूर्वसिइओ जोशीले हरेक समस्या आउँदा समाधानका उपाय पनि सँगसँगै लिएर आउने बताउँदै भन्नुभयो, ‘अबको हाम्रो बाटो के हुने भन्ने ढंगबाट सोच्ने र नेपाललाई प्रर्वद्धन गर्ने गरी सरोकारवाला निकाय लाग्नुपर्छ ।’

    (नेपाल पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशीसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सक्नुहुनेछ ।)

    https://www.facebook.com/radionrn/videos/3544787005551515/?t=48

     


    बिहिवार, आश्विन ८ २०७७०७:३८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij