Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

  • शनिवार, जेठ ६ २०८०

  • 499
    SHARES

  • नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।

    शनिवार दिउँसो २ बजेदेखि संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा हुने बैठकमा पार्टीका संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

    सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमबारे संसदमा एमालेले खेल्ने भूमिकाका बारेमा बैठकमा छलफल हुनेछ । भोलिदेखि सुरु हुने नीति तथा कार्यक्रमबारे सदनमा कसरी प्रस्तुत हुने सन्दर्भमा संसदीय दलको बैठक बस्न लागेको एमाले सांसद लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।

    आगामी आर्थिक वर्षका लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि भोलिदेखि दलगत आधारमा प्रतिनिधि सभामा छलफल हुँदै छ ।

     


    शनिवार, जेठ ६ २०८००२:०२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij