काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५४ वटा नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज चारजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३३ मा झरेको मन्त्रालयले जनाएको छ ।