Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महामन्त्री पद गए जाओस्, पार्टीलाई उपचार आवश्यक छ : गगन थापा

महामन्त्री पद गए जाओस्, पार्टीलाई उपचार आवश्यक छ : गगन थापा

  • सोमवार, जेठ १५ २०८०

  • 452
    SHARES

  • महामन्त्री पद गए जाओस्, पार्टीलाई उपचार आवश्यक छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जलहरी प्रकरणमा एमाले र माओवादीको लहलहैमा पार्टी सभापति शेरबहादुर देउवा लागेको आरोप लगाउनुभएको छ ।

    नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदीय व्यवस्थामा पार्टीका नेताहरु उभिन नसकेको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘एकजना सांसदले संसदमा पशुपतिको जलहरीको सन्दर्भमा एउटा विषय उठाउनुभयो । पशुपतिको जलहरीको विषयमा अनुसन्धान भइरहेको छ, टुंगिएला । पशुपतिको जलहरीको विषयमा संसदमा बोल्न पाइन्थ्यो कि पाइँदैनथ्यो छलफलको विषय बन्ला । तर, संसदको एउटा नियम छ ।’

    माओवादी संसदीय व्यवस्था नै सुरुदेखि राख्न नचाहेको पार्टी भएको भन्दै उहाँले एमालेले संविधानविपरीत संसद विघटन गरेको स्मरण गर्नुभयो ।

    उहाँले पार्टीलाई गलत निर्णय गर्नबाट सच्याउन सकिए कांग्रेसको वेगलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

    महामन्त्री थापाले भन्नुभयो, ‘नयाँ पुराना कोहीसँग डराउन पर्दैन । तर, पार्टीमा जहाँ रोग लागेको छ, त्यहाँ उपचार गर्नुपर्छ । पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ । मेरो महामन्त्री पद गएपनि जाओस्, म कांग्रेस कार्यकर्तामात्रै भएर बस्न परे बस्न तयार छुँ।’

     


    सोमवार, जेठ १५ २०८००२:२०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij